Latest Posts

Thursday, November 24, 2016

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा !

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ ।

हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो । राज सँधै उनको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस् । राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ ।

हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । सांकेतिक फोटो सांकेतिक फोटो मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मतीको पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल जे होगा देखा जायगा ।।।

 नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो । मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोन बाट नै लामो समय सम्म उनिहरुको कुराकानी चल्थ्यो । म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ । मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो , उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ) “ राजले नरम भएर जवाफ दिन्थ्यो :“सदीग”(साथी)”बिशाल । । उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन । म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे । एक कान दुइ कान मैदान । उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो । फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो । राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है । मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल । मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन । तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो ।

 राजको पत्र लिएर म राज सँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन। म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘मेरी नुर जुनी जुनी जिउनु ल । तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाइ दुख मन छैन । किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ? मेरो घर पहाडमा छ । प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराले भरीपुर्ण छ ।

तिमीलाइ थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे । तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । तर पनि मेरो ठम्याइ छ । त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो ।

 किनकी धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् । तिम्रो बाबालाइ सुनाइ देउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने । धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ । मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नी हैन र नुर ? कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीयनको सेतो,हरियो हुन्छ की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है । हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडी कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे । उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । तिमीःलाइ त माया गर्न आउछ नी है ? तिमी सँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु । हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! दाइ के छ हो आजको हट न्युज ? म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन । के छ दाजु सुनौ न त हामी पनि । नुरले आत्महत्या गरीछे यार । को नुर ? राजकी नुर ? अँ हो । त्यसले यतीका पछी किन आत्महत्या गरी त ? थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ? उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न ।

यो जमानामा पनि यति कुराको के चिन्ता ? मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले । ‘नमस्ते देवर बाबु सञ्चै हुनु हुन्छ ? मैले राजको बारेमा आज मात्र थाहा पाँए । मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । उहाँ सँग मैले पनि पत्रमा भेँटे । बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो । अनी गर्नेछु त त्यो पनि राजलाइ । सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँग बिबाह गरौ । तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरीन नी है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु । मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।। उही हजुरको हुन नसेकी, हजुरले फोनमा जिस्काउने, हजुरकी भाउजु ‘नुर’ !!! साभार –ताजा हेडलाईनबाट   

Saturday, November 19, 2016

अण्डा पहिला बन्यो कि कुखुरा पहिला, एस्तो रहेछ रहस्य बैज्ञानिक ले पत्ता लगाए

पहिला अन्डा बन्यो वा कुखुरा ? यो प्रश्‍न संसारमा धेरैले एक अर्कालाई राख्छन् किनकी धेरैलाई यसको जवाफ थाहा नहुन सक्छ। तर वैज्ञानिकहरुले संसारमा पहिला कुखुरा जन्मिएको र उसले अन्डा पारेको दाबी गरेका छन्।
बेलायती वैज्ञानिकहरुका अनुसार अन्डाको जाँचपछि उनीहरुले कुखुरा पहिला जन्मिएको तथ्य पत्ता लगाएका हुन् । वैज्ञानिकहरुका अनुसार अन्डाको बोक्रामा एक विशेष तरिकाको प्रोटिन पाइन्छ र यो प्रोटिन कुखुराको अन्डाशयबाट निस्कन्छ। यसकारण कुखुरा पहिला जन्मिएको थियो।
वैज्ञानिकहरुलाई यो पहिल्यै थाहा थियो कि वोकेल्डिडिन-१७ (ओसी-१७) नामक यो प्रोटीनले अन्डाको खोल बनाउन महत्वपूर्ण भूमिका खेल्छ। अहिले वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेर ओसी-१९ कसरी बन्छ भन्ने पत्ता लगाएका छन्। क्याल्शिय कार्बोनेटसँग ओसी-१७ मिसिएपछि अन्डाको खोल बन्न थाल्छ। अब फेरि प्रश्न उठ्न सक्छ। कुखुरा कसरी बन्यो। यस प्रश्नको उत्तर दिदैँ वैज्ञानिकहरुले भनेका छन्,’अन्डा उत्पादन गर्ने अन्य प्रजातीका पंक्षिबाट कुखुरा विकसिमत भयो।’ यस नतिजा ठुलो सफलता रहेको बताउँदै शेफील्ड विश्वविद्यालयका प्रोफेसर जोन हार्डिंग भन्छन्, ‘ कुखुराको अन्डाको खोल कसरी बन्छ भन्ने पत्ता लगाउनु साँच्चै अनौठो अनुभव रह्यो।’ अब नयाँ डिजाईनका पदार्थ बनाउन यसले सहयोग गर्नेछ ।

Monday, November 14, 2016

राजा वीरेन्द्र अमेरिकामा

अमेरिकाका लागि राजा वीरेन्द्रको राजकीय भ्रमणको मिति तय भएपछि उनले काठमाडौँमा समीक्षा बैठकको आयोजन गरे। म पनि त्यस बैठकमा भाग लिन अमेरिकाबाट आएँ। बैठकमा नेपालले के-के विषय उठाउने र अमेरिकाले के-के विषय उठाउन सक्छ भन्ने कुराको लेखाजोखा र कार्यतालिका नै बनाएर अगाडि बढ्ने निर्णय भयो। राजा वीरेन्द्रको विशेष जोड थियो कि कुनै पनि अवसरलाई चुक्न दिनु हुँदैन। राजा वीरेन्द्रको एउटा बानी नै थियो, कुनै पनि महत्त्वपूर्ण काम गर्दा विशेषज्ञहरूसहितको सानो टोली बनाएर एजेन्डा तय गर्ने, समस्या र सम्भावना अध्ययन गर्ने र निष्कर्षमा पुग्ने। विशेषज्ञको रायलाई उनी ज्यादै महत्त्व दिन्थे, जसलाई उनले जीवनभर निरन्तरता दिए।

बैठक र छलफलमा आधारति रहेर भ्रमण अवधिको हरेक दिन र घन्टाको कार्यक्रम बन्यो। क-कसलाई भेट्ने, कहाँ-कहाँ जाने भन्ने मोटामोटी तय भयो। अमेरिकाले उठाउने विषयका बारेमा दूताबासले अमेरिकि अधिकारीहरूसँग सम्पर्क राखेर त्यसको तालिका बनाउने भन्ने राजाको निर्देशन थियो। निर्देशन दिने क्रममा राजाको मुख्य ध्यान दुई कुरामा केन्दि्रत थियो : पहिलो, अमेरिकालाई नेपालको शान्ति क्षेत्रको प्रस्ताव मनाउन अथक् प्रयास गर्ने अनि दोस्रो, नेपाल र अमेरिकाका बीचमा आर्थिक सम्बन्ध विस्तार गरेर नेपालको जलस्रोतको विकासमा बाह्य जगत्को अभिरुचि बढाउने।

त्यसबेला विश्वबैँकमा अमेरिकाको ज्यादै ठूलो प्रभुत्व थियो। बैँकलाई उसैले चलाएजस्तो भान हुन्थ्यो। युरोपेली राष्ट्रहरू र अमेरिकाका बीच एउटा समझदारी नै बनेको थियो, अन्तर्राष्ट्रिय मुद्राकोष युरोपेलीहरूको नेतृत्वमा र विश्वबैँक अमेरिकाको नेतृत्वमा सञ्चालन गर्ने। यो एक किसिमको अघोषित र व्यावहारकि समझदारी थियो। यी दुई निकायलाई पनि नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा छलफल भयो। खास गरी नेपालको जलस्रोत विकासमा अमेरिकाको निजी क्षेत्र र त्यसको प्रभावबाट विश्व बैँकलाई उपयोग गर्न अभियान नैै सञ्चालन गर्नुपर्छ भन्नेमा राजा वीरेन्द्रको जोड थियो। तर, शान्ति क्षेत्रको प्रस्ताव पहिलो प्राथमिकतामा थियो।

नेपालबाट अमेरिकामा अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने परम्परा थियो। सनफ्रान्सिस्को, एटलान्टा र टेक्सास गरी तीन ठाउँमा अवैतनिक दूत थिए। र, ती ज्यादै प्रभावशाली व्यक्तिहरू थिए। सनफ्रान्सिस्कोका रचिर्ड ब्लोमकी श्रीमती अमेरिकाको सिनेटमा अहिले वरष्िठ सदस्य छन्, त्यसबेला उनी सनफ्रान्सिस्कोकी मेयर थिइन्। उनका श्रीमान् ज्यादै धनी र निजी क्षेत्रका एक प्रतिष्ठित बैँकर हुन्। एटलान्टाको दूतमा मेरी रविन्सन थिए, उनका छोरा त्यसबेलाको अमेरकिन एक्सप्रेस कम्पनीका प्रमुख थिए। र, कोकाकोला कम्पनीको सुरुवात गर्ने परिवारमध्ये एक थिए। त्यसै गरी, लुपी मर्केन्चनलाई टेक्सासको दूत नियुक्त गरिएको थियो। यिनी अमेरिकाको एउटा ठूलो तेल कम्पनीकी मालिक थिइन्। भ्रमणका क्रममा यी सबैसँग भेटघाट गर्ने तय भयो।

अवैतनिक वाणिज्य दूत भनेको कूटनीतिक सम्पर्कको माध्यम पनि हो। यिनीहरूको खास किसिमको दायित्व र जिम्मेवारी हुँदैन। हामी यिनीहरूलाई केही दिन सक्दैनौँ तर वाणिज्य दूतका नाताले उनीहरूले समाजमा थप प्रतिष्ठा पाउँछन्। प्रभावशाली व्यक्तिलाई त्यस्ता पदमा नियुक्त गरनिु राम्रो हुन्छ भनेर मेरै सिफारसिमा यी व्यक्तिहरूलाई नेपालका लागि अवैतनिक दूतमा नियुक्त गरिएको थियो। मलाई यिनीहरूको नाम सिफारसि गर्ने व्यक्ति भने रबर्ट म्याक्नामारा थिए।

वासिङ्टन त राजकीय भ्रमणको पहिलो आगमनस्थल र केन्द्रविन्दु नै भयो। तीन दिन यहाँ बसिसकेपछि पूर्वराष्ट्रपति रचिर्ड निक्सनलाई भेट्न एक दिन न्युयोर्क जाने र राजा वीरेन्द्रले पढेको हावर्डमा एक दिन बसेर एटलान्टा, डलास र सनफ्रान्सिस्को जाने कार्यक्रम तय भयो। सनफ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियामा नेपाल अध्ययन केन्द्र थियो। त्यसका विशिष्ट प्रोफेसर लियो रोज थिए। नेपाल र हिमालय क्षेत्रको ज्यादै गहिरो अध्ययन गरेका उनले नेपालसम्बन्धी किताब पनि लेखेका छन्। ज्यादै अध्ययनशील र विशिष्ट पहिचान भएका व्यक्ति भएकाले त्यस सेन्टरमा गएर राजाले 'चान्सलर मेजर'को पद्वी लिने र अन्त्यमा हवाई पुगेर भ्रमण टुंग्याउने कार्यक्रम निश्चित भयो।

अमेरिकाको चुनिएका राष्ट्रपतिको निमन्त्रणामा पञ्चायती व्यवस्था अन्तर्गतको राजाको भ्रमणभन्दा माथि र विशिष्ट तहको अरू भ्रमण हुँदैन भन्ने मेरो मनमा थियो। भ्रमणका क्रममा राजालाई कसले 'रििसभ' गर्ने भन्ने पहिलो प्रश्न आयो। कुनै पनि एयरपोर्टमा विशिष्ट कक्ष छैनन्। र, धेरै भेदभाव गर्ने प्रचलन पनि अमेरिकामा छैन। राष्ट्रपतिलाई ह्वाइट हाउसबाट एयरपोर्टसम्म लैजान जुन हेलिकप्टर प्रयोग गरन्िछ, राजा वीरेन्द्र एयरपोर्टमा उत्रिँदा उनलाई रििसभ गर्न पनि त्यही हेलिकप्टर प्रयोग भयो। बाटो खाली गरेर सर्वसाधारणलाई सास्ती दिई सवारी चलाउँदा जनता आक्रोशित हुन्छन् भन्ने अभिप्रायले राष्ट्रपति पनि सोही हेलिकप्टरबाट एयरपोर्टसम्म पुग्दा रहेछन्। त्यही हेलिकप्टरले राजालाई पनि एयरपोर्टबाट वासिङ्टन मोनुमेन्टमा ल्यायो र विदेशमन्त्री जर्ज सुल्जले रििसभ गरे। साथै, हेलिकप्टरमा वासिङ्टन डीसी आइसकेपछि विदेशमन्त्रीले 'कारगेड'मा राजा बस्ने होटल म्याडिसनसम्म पुर्‍याउने बन्दोबस्त मिलाइएको थियो। ह्वाइट हाउसअगाडि रहेको अतिथि घर ब्लेयर हाउस त्यसबेला मर्मतसम्भारमा रहेकाले राजालाई होटलमा बस्ने प्रबन्ध मिलाइएको थियो। विदेशमन्त्री आफैँ आएर राजाको स्वागत गरे र सँगसँगै होटलसम्म पुगेर कुराकानी गरी फर्किए। राष्ट्रपतिसँग औपचारकि भेटघाटको दिन ७ डिसेम्बरलाई तोकिएको थियो।
-  भेषबहादुर थापा
प्रस्तुति : ईश्वरी ज्ञवाली
नेपाल राष्ट्रीय साप्ताहिकबाटसाभार

Sunday, November 13, 2016

World's largest Thangka painting in Kathmandu

A “Thangka,” also known as “Tangka”, “Thanka” or “Tanka” is a silk painting with embroidery, usually depicting a Buddhist deity, scene, or mandala of some sort. The thankga is not a flat creation like an oil painting or acrylic painting but consists of a picture panel which is painted or embroidered over which a textile is mounted and then over which is laid a cover, usually silk.

Generally, thangkas last a very long time and retain much of their lustre, but because of their delicate nature, they have to be kept in dry places where moisture won’t affect the quality of the silk. It is sometimes called a scroll-painting.

पाँच दिनमै मोटोपन हटाउन र किड्नीको सफाई गर्ने यो हो अचुक उपाय

हामीमध्ये कसैलाई पनि अनावश्यकरुपमा मोटाउनु राम्रो लाग्देन । त्यसो त, मोटोपन रोग लुकाउने पर्दा समेत हो । हामी मोटोपनबाट मुक्त हुन विभिन्न अभ्यास गर्दछौं । तर यो कहाँ सजिलो छ र ?


तर यहाँ तपाईको लागि एउटा यस्तो चामत्कारिक विधि छ, जुन घरमै उपलब्ध हुने सामग्रीबाट तयार बनाउन सकिन्छ । यस्तो घरेलु उपचार पद्धतिले शरीरमा जम्मा भएको अनावश्यक बोसो तथा जलनलाई घटाउन काम गर्दछ ।
अझ खुसीको कुरा त यसले किड्नीको सफाई समेत गर्दछ । यसलाई तयार बनाउन तीन मिनेटभन्दा कम समय मात्र लाग्दछ । तसर्थ, अब भारीभरकम व्यायाम र मोटोपन दुवैबाट एकसाथ मुक्ति पाउन यो प्राकृतिक तरिका अपनाउनुहोस् ।

सामग्रीः

केही ताजा धनियाँ, एक दाना कागती र आधा कप पानी
तयार गर्ने विधिः
एउटा भाँडामा कागतीको रस निकाल्नुहोस् र त्यसमा काटेर टुक्रा बनाइएको हरियो धनियाँ र आधा कप पानी राख्नुहोस् । त्यसलाई मिक्सरमा राम्रोसँग मिक्स गर्नुहोस्, अब तपाईको चामत्कारिक जुस तयार भयो ।
यसले कसरी काम गर्छ ?
धनियाँ–
धनियाँमा शक्तिशाली एन्टी अक्सिड्यान्ट पाइन्छ जसले शरीरका कोशिकाहरुलाई पुनजिर्वित गर्न सहयोगी सिद्ध हुन्छन् । त्यस्तै मृगौलाको कामलाई प्रभावशाली बनाउन पनि यसले सघाउँछ ।
धनियाँमा अत्यधिक खनिज पदार्थ हुन्छ जसले मृगौलालाई मजबुत बनाउँछ । मृगौलाबाट विषाक्त पदार्थ निकाल्न र त्यहाँबाट बोसो हटाउन पनि धनियाँको रस सहयोगी हुन्छ ।
धनियाँमा बेटा क्यारोटिन, क्लोरोफिल र भिटामिन सि पाइन्छ, जसले रोगबाट हुने संक्रमण र क्यान्सरजस्तो खतरनाक रोगसँग लड्न सहयोग गर्दछन् ।
धनियाँ धेरै राम्रो मुत्रवद्र्धक हो, यसले शरीरको विषाक्त पदार्थहरुलाई पिसाबमार्फत निकाल्न सहयोग गर्दछ । यस्तै यसले उच्च रक्तचापलाई न्यूनीकरण गर्दै मृगौलालाई सुरक्षित राख्न मद्दत गर्दछ ।
कागती
कागतीमा अत्यधिक मात्रामा भिटामिन सी तथा बी पाइन्छ, जसले मृगौला र शरीरलाई सफा र तन्दुरुस्त राख्न मद्दत गर्दछ । कागतीमा सोडियमको मात्रा कम हुन्छ भने पोटासियमको मात्रा बढी हुन्छ जुन मृगौलाको लागि धेरै राम्रो हो ।
यी दुवैको समिश्रणबाट नयाँ शक्तिशाली पेयपदार्थ बन्दछ, जसले शरीरको विषाक्त पदार्थहरु निकालेर पाचन शक्तिलाई बढाउँछ भने मोटापन घटाउन पनि सहयोग गर्दछ ।
प्रयोग गर्ने तरिका :
यो मिश्रणलाई पाँच दिनसम्म बिहान खाली पेटमा पिउनुहोस् र फेरि १० दिनको अन्तरालमा फेरि पाँच दिन प्रयोग गर्नसक्नुहुनछ जसले तपाईले चाहनुभएको नतिजा निकाल्दछ । स्रोत : वन्लीआयूर्वेद डटकम

Friday, November 11, 2016

दक्षिणकालीको महिमा र उत्पत्ति

दक्षिणकालीको महिमा र उत्पत्ति विभिन्न भाषा वंशावली ऐतिहासिक साँस्कृतिक अनुश्रृति हस्त लिखित शिलापत्र ताम्रपत्रैहरु समेत अध्ययन गरी यथार्थ वाक्यहरुमा देखिए अनुसार श्री दक्षिणकाली माईको स्थापना राजा प्रताप मल्लले गरेका हुन् । स्वप्नविषे प्राप्त भएको ज्ञानलाई प्रताप मल्लले याद नगरी हिड्दा दक्षिणकालीमाई कुमारी कन्यामा प्रवेश भई प्रत्यक्ष आज्ञा भयो ‘ मेरो स्वयम्भु मूर्ति अप्रकाशित छ,’ मलाई मूर्तिमान बनाइ स्थापना गर ।’ यसले ऐश्वर्य पाउनुका साथै माहामारी भएपनि निवारण होला भनेको सिलापत्रमा लेखिएको छ । त्यसपछि प्रतापमल्लले उनको मूर्ति निर्माण गर्न लगाएका हुन् । जब मूर्ति निर्माण कार्य पुरा भयो, तब दोस्रो पटक फेरि स्वप्नविषे प्रशन्न भयो । यो मुर्ति त मेरो अप्रकाशित ध्यान हो भनी राजाले उक्त मूर्ति आफ्नो दरवार मोहन चोकमा स्थापना गर्न लगाए । त्यसपछि राजाले तान्त्रिक विद्यामा निपूर्ण गुरु नृसिंह लम्बकर्ण भट्ट डाकी उक्त मूर्ति देखाउँदा यो मुर्ति त प्राचिन कालमा उत्पति भएको बताए ।

दक्षिणकोणको दक्षिणयात्मक पीठ शिखरापुर ९फर्पिङ० समिपमा रहेको गोरखनाथ म्हँगु पर्वतको माथिल्लो नगर्चो थुम्कोमा श्री दक्षिणकाली माई र उनका गणहरुको बासस्थन पीठको जस्तै भएकाले अझ तेज बढेर उक्त मूर्तिबाट जाज्वल्यमान जागृह भई मानिसलाई सम्हाल्न साह्रै गाह्रो भयो । आम्नायु सम्बन्ध उषाम्नाथ नाम्रिका सष्कमा पातिभीषण षड्भुजा चामुण्डाकोशव वाहन आसन भएको मूर्तिमा तीन नेत्रको सट्टा दुई नेत्रमात्र राखी निर्माण गर्न लगाउन सल्लाह दिइयो । जब मूर्ति तयार भयो, राजा, मन्त्री (भिममल्ल) र गुरुका सल्लाह अनुसार कान्तिपुरको दक्षिणकोणको शिखरापुर नजिक नदीको संगम पूर्ववत्ती गंगा तथा उद्धारवती गंगाको दोभानमा मुर्ति राखी सो मूर्ति नगर्चोडाडाँको उक्त अप्रकशित कोरा पाषणट जीवरुपम सट्टा निकाली तेज खिचेर साधना गरी मध्य रातमा महाँ पूजाकोट्याहुति सहस्रवली तथा यज्ञगरीकन प्रतिस्था कर्म र विधि विधान पूर्वक वैशाख शुक्ल ३ का दिनमा उद्घाटन गरी विराजमान गरिएको हो । राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो ।

यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् । उक्त स्थानमा श्री दक्षिणकाली माईको अष्टमातृका विहार गर्न स्थान बनाइएको हो । उनलाई दक्षिकाली माईको आमा हुन् भनी पूजा आरधना गरिन्छ । पहिला निर्माण गरिएको तिन नेत्र भएको सुन्दरकाली राजाको राजकुल दरवार सुन्दरचोकमा षडाम्नाय, दशानाय, षोडशाम्नाय मुर्तिमा चौषठठ्ी योगिनी आवण देवता भएको स्थानमा स्थापना गरी विराजमान गरिएको हो । त्यसपछि नेपालका राजा श्री गीवार्णयुद्ध विक्रम शाहबाट श्री दक्षिणकाली माईको नित्य पूजा तथा महापूजाको लागि फफिङ इलाकका भित्र परेको जग्गा ५ सय ४ मुरी खेत राजगुठीमा राखी त्यहाँको आयस्ताबाट उनको पूजाआजा चलाउन भनी १८५६ मा ताम्रपत्र समेत खडा गरी विधिपूर्वक संकल्प गरी पूजा तथा महापूजा चलाइ राखिएको छ ।

पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृतिमा केही चोटहरु देखिन्छ । महापूजा वर्षको दुई पटक गरिन्छ । वैशाख कृष्ण त्रयोदशी र भादै कृष्ण अष्टमीका दिनमा पूजा गर्ने चलन छ । क्रमशः शाह वंशीय राजा श्री ५ त्रिभुवन वीर विक्रम शाहको पालामा २००७ सालमा ईश्वरी मार्ग नामाकरण गरी काठमाडौंदेखि फर्पिङसम्म मोटर सडकको स्थापना गरी उद्घाटन गरियो । श्री ५ महेन्द्रको पालामा दर्शनार्थीलाई सहज होस भन्नका लागि माथिदेखि मन्दिरसम्म कोलो ढुंगको सिडी छाप्ने काम सम्पन्न भयो । राजा वीरेन्द्रको पालामा श्री दक्षिणकाली माईको प्रांगणमा मार्वल छाप्ने काम भयो । यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।

राजाहरू पनि यहाँ बसेर्नी वैशाखमा आफ्नो देवाली मनाउन जाने गर्छन । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउ सक्ने प्रशस्त सम्भावना छ । यो मन्दिरमा बसेर्नी लाखौ भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । मूलतः दशैंको बेला यहाँ विशेष मेला लाग्छ । दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ । एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई भारतबाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् ।

टन्सीलाईटीसको रोकथाम तथा उपचार

टन्सीलाईटीसको रोकथाम तथा उपचार यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन््र टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका टन्सीलाईटीसको रोकथाम तथा उपचार ======= (यो जानकारी शेयर गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ ) साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।

 कारणहरु जीवाणु सरेर हुन सक्छ्र सामान्य ब्याक्टेरियाहरु बाट हुनसक्छ्र मुख र दातको राम्रोसंग सफाई नगर्नु्र कुपोसन तथा घनावस्ती भएको ठाउमा हुनसक्छ्र रोगको विकास कान दुख्ने टाउको दुख्ने सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ । मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन् । जीर्ण टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने मुख मीठो नहुने सास गन्हाउने जस्ता लक्षण हुनसक्छ । यदि टन्सिलहरु अत्यन्त ठूलो भएमा यसले हाम्रो बोलीमा खानेकुरा निल्न सास फेर्नमा समेत अप्ठ्यारो असजिलो अनुभव गराउन सक्छ । यसरी टन्सिलको संक्रमण यसको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ । साथै टन्सिल वरिपरी पीप जम्मा हुनु कोन पाक्नु बाथ ज्वरो आउनु मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएका मुटु सुनीने पनि हुन सक्छ ।

 जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ । लक्षणहरु सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुनछ्र भोक नलाग्ने र अल्छि लाग्न सक्छ्र बिस्तारै ज्वरो आउन थाल्छ्र टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ त्यसपछि पनि निक्लिन थाल्छ्र पिप बग्ने वा सुजन हुनछ्र लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र उपचार आराम गर्नु पर्छ्र झोल कुराहरु खानु पर्छ्र ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ्र पन्सिलिन नै राम्रो दवाई हो्र